Make your own free website on Tripod.com
eVISHNU.com
Home
Nepalese Site

"कुनै पनि राष्टको परिचय उसको अनुशासित नागरिकबाट पाइन्छ "

कथा, लघुकथा, लोककथा

राष्ट्रिय चिन्ता ( लघुकथा )

-आर.सी. रिजाल


यस साउनको अविरल वर्षाले आफ्नो जिल्लामा केकति क्षति भयो, सोबारे बुझ्न म मेरा मित्र इन्जिनियर देशभक्त शर्माकहाँ पुगेँ।

फरासिलो स्वभावका धनी मित्र कोठाभित्र दारीसमेत नखौरी जिङरिङ्ग परेको देख्दा बाढीपहिराले राष्ट्रिय सम्पत्ति नोक्सान पु-याएको कारण चिन्ताले सताएको हो भन्ने मलाई पूर्णविश्वास भयो। मैले मित्रलाई सान्त्वना दिँदै भनेँ- 'पीर नगर देशभक्त, तिम्रा कारणले महामारी आएको हैन, राष्ट्रिय चिन्ता हुनु स्वाभाविकै हो। त्यसैले आफूलाई सम्हाल, हृदय कठोर पार। मनुष्य चोला हो । यस्ता समस्यासँग जुध्नैपर्छ।'

मित्रले भित्रैदेखिको कुरा ओकले- 'प्रकृतिले मलाई किन ठग्यो ? मेरो कार्यक्षेत्रमा न पहिरो आ'छ न एक मिटर सडक कटान भा'छ, उता लक्ष्मीभक्त इन्जिनियरको कार्यक्षेत्रमा हेर्नुस् त ! एक करोडको भन्दा बढीको सडक क्षति भएको छ। कस्तो बलियो पुर्पुरो त्यसको ?'

-हेटौँडा-4, मकवानपुर

इतिहास साहित्य संस्कृती

मन्दिरै मन्दिरको देश हाम्रो

(रमेश विकल)


हाम्रो देशलाई मन्दिरै मन्दिरको देश भनिन्छ । हुन पनि हाम्रो जस्तो यति सानो देशमा यति धेरै मन्दिर छन्, अन्त सायद कुनै देशमा होला । किनभने हाम्रो जीवन दर्शन नर्ैर् इश्वरमय छ- देवतामय छ । हामी प्रत्येक कुरामार् इश्वरको अस्तित्व छ भन्ने विश्वास गर्र्छौ- ढुङ्गा, मूढा, रुख पात, जङ्गल, वस्ती, मानिस जनावर- स्थावर जङ्गम कणकणमा त्यसैले वैदिक कालका तेत्तीस अधिष्ठाता देवतालाई हामीले तेत्तीसकोटिमा छरिदिएका छौं । जहाँ देवता हुन्छन्, त्यहाँ मन्दिर हुन्छ । तेत्तीसकोटि देवतालाई आवासका लागि तेत्तीसकोटि मन्दिरको आवश्यकता पर्‍यो । त्यस्तै हामीले मन्दिरै मन्दिर बनाएर देवताहरूलाई तिनीहरूमा थन्काएका छौंँ पाइलैपिच्छे मन्दिर, पाइलैपिच्छे देवता-मन्दिर हाम्रो जातीय संस्कृतिकै अभिन्न अङ्ग बनेको छ । जहाँ मन्दिर छैन, त्यहाँ नेपाली भएको कल्पना नै गर्न सकिन्न । त्यसैले आज विश्वभर फैलिएका नेपालीहरूले आफू जहाँ जहाँ जान्छन्, त्यहाँ त्यहाँ आफ्ना पशुपतिनाथ, गुहृवेश्वरी, बुद्धलाई बोकेरै लान्छन् । त्यसैले आज बेलायत, अमेरिका, चीन, जापान, जनर्मनी रुस जताततै पशुपति र अरू देवीदेउताका मन्दिरहरू बन्न थालेका छन् ।

देशभित्रै पनि हामी नयाँ नयाँ मन्दिरहरू निर्माण गर्ने कामबाट थाकेका छैनन् । हरेक दिन भने जस्तो मन्दिर बनाउनका लागि भनेर हामी चन्दा उठाउने अभियानमा छौं । फलानो ठाउँमा फलानो देवताको मन्दिर बनाउन लागेका छौं । यहाँले पनि चन्दा दिएर धार्मिक कार्यमा सहयोग पुर्‍याउनु पर्‍यो । धार्मिक कार्यको नाउँमा धर्मभीरु नेपालीहरूको मन तुरुन्तै संवेदनशील भइहाल्छ । अथवा धर्मको कार्यमा नाईनर्ुइं गर्‍यो भने पाप लाग्ने, नर्क जानुपर्ने डरले अथवा र्स्वर्ग जाने -कस्तो दानी कस्तो धर्मात्मा मानिस भनाउने) लोभले खाई नखाई, परिवारजनको पेट खोक्रो तुल्याएर पनि केही न केही दान दिइहाल्छौं । वास्तवमा के गर्दा धर्म हुन्छ र के गर्दा पाप भन्ने कुरा हामी सोच्दैनौँ ।

मन्दिर, पाटी पौवा, धर्मशाला हाम्रा सास्कृतिक सम्पदा हुन्, राष्ट्रका, समाजका अमूल्य सम्पत्ति हुन्, यिनको सर्म्बर्धन गर्नु हामी प्रत्येक नागरिकको परम कर्तव्य हो । यही सोचले हाम्रा पर्ूवजहरूले दशमा अनेक मन्दिर, धर्मशाला -पाटी, पौवा) निर्माण गरेर आफ्ना सुकर्ीर्ति राखेर गए । अनि आजका हामीलाई पनि त्यस्तै निर्माण गरेर आफ्ना आफ्ना नाउँमा कर्ीर्ति राख्ने लोभ अवश्यै लाग्छ तर आफ्नो कर्ीर्ति राख्ने उन्मादमा पर्ूवजहरूबाट हामीले पाएका साँस्कृतिक उत्तरदानहरूको उपेक्षा गर्दै नयाँ नयाँ थप्तै जानुको के उपादेयता हुन्छ - -त्यो पनि पर्ूवजहरूले जस्तो निजी श्रमबाट आर्जन गरेको धनराशी खर्च गरेर होइन, धर्मभीरु जनताको परम्परागत विश्वास डर, त्रास र लोभ, लालचको दर्ुबल सम्वेदनाको शोषण गरेर) मन्दिर मस्जिद निर्माण गरेर कुन वर्गको कल्याण हुन्छ -

त्यसमाथि एकजना वा केहीजनको महìवाकाङ्क्षा -नाम वा धन कमाउने उन्माद) मा जुन ठाउँमा जुन वस्तु -मन्दिर निर्माणको प्रसङ्ग) को निर्माणको परिकल्पना गरिएको त्यस वस्तुको त्यस ठाउँमा -त्यहाँका जनता) का लागि आवश्यकता छ कि छैन - त्यस कार्यले त्यस ठाउँका जनताले के कति नयाँ लाभ उठाउँछन् - त्यस कुराको विचारै नगरी नयाँ निर्माणमाथि निर्माण थप्तै जाने हो भने मानिसले आखिर कहाँ टेक्ने - मासलाई अथवा त्यसै ठाउँमा पर्ूवजका उत्तरदानको रूपमा विद्यमान रहेकालाई कता विस्थापित गर्ने - हाम्रो देश यस्तै अमूल्य सांस्कृतिक सम्पदा स्वरूप मन्दिरै मन्दिरको देश हो । यहाँ हाम्रा पर्ूवजहरूले मन्दिर पाटी पौवा र्-धर्मशाला) धारा, कुवा, इनार जस्ता असङ्ख्य असङ्ख्य सांस्कृतिक सम्पदा निर्माण -सर्म्बर्धन) गरेर उत्तरदानका रूपमा हामीलाई छोडेर गएका छन् । तिनको संरक्षणको दायित्व हाम्रो हो तर के तिनको उचित संरक्षणतिर हाम्रो ध्यान गएको छ - ती आज कुन दर्ुदशा भोगेर के अवस्थामा कसरी बसेका छन् त्यसतिर हामी कुनै दिन अलि गम्भीर भएर सोचेका छौँ - छैनौँ । हामीले त आफ्ना नाम र दामको उन्मादी महìवाकाङ्क्षा पूरा गर्न भरमारसँग मान्छेले खुट्टा टेक्न ठाउँ पनि नरहने हो कि झैं गरेर एक माथि अर्को निर्माण गर्नतिर मात्र ध्यान दिएका छौं । बरु हाम्रो सांस्कृतिक ेगाउन तिनको संरक्षण गर्न तन, मन धन दिएर लागेका छन् तर हामी - हामी बग्रेल्ती बच्चा जन्माउनमात्र जान्दछौं तिनको स्याहार सुसार, भरण पोषण गर्न पटक्कै जान्दैनौँ । आज मेरै आँखा अगाडि पुराना साँस्कृतिक महìव राख्ने कति मन्दिर, पाटी-पौवा, धारा कुवाहरू नष्ट भएर जाँदैछन्, भग्नावशेषमा परिणत भएर जाँदैछन् । मैले केटाकेटीदेखि देख्तै आएका गोकर्र्णोश्वर, मन्दिर परिशरभित्रका कति कलात्मक मन्दिरहरू भताभुङ्ग भएर गएका छन्- कुनै खङ्ग्रङ्ङ हाडखोर करङ नलिहाड मात्र -भग्नावशेष मात्र) रोइरहेका छन् । तिनका अघिका देवताका प्रतिमाहरू -हजारौं वर्षपहिले, किराँतकालीन, लिच्छवीकालीन अति कलात्मक मर्ूर्तिहरू) अङ्गभङ्ग- कुनै मुण्डच्छेदन, भएर, कुनै हात गोडा भाँच्चिएर असहाय अवस्थामा, छ्वासल पुराना छेले भूत-प्रेत मन्छिने ठाउँ, फोहर फाल्ने ठाउँ, दिसापिसाब गर्ने ठाउँ) मा रोइरहेका छन्, त्यहाँका कयौं सत्तल र्-धर्मशाला) हरूका कलात्मक झयाल-ढोका बडेबडे अग्रासका निदाल दलीनहरूसमेत धराशायी भएर त्यहींका भू-माफिया सत्ता नजिकका लाउके, ठूला ठालुहरूका पेटभित्र पुगेर पचिसकेका छन् । ती सत्तल, मन्दिर, धाराहरू बडेबडे दर्ुलभ शिला-ढुङ्गार् इट टायलहरूले त्यहींका सत्ता नजिकका प्रशासनका व्यवस्थाका छत्रछायामा सुरक्षित ठूलाठालु, लाउकेहरूको भवन महल, बङ्गाला, आवास निवासका शोभा बढाउन पुगेका छन् तर हामी - हामी त निर्माणका नाउँमा, धर्म-संस्कृतिको पर््रवर्धन वृद्धि विकासका नाउँमा नयाँ नयाँ मन्दिर नयाँ नयाँ भवनको निर्माण गर्दै गयौँ । हामीले स्कुल निर्माण गरेनौँ, अस्पताल निर्माण गरेनौँ, पुस्तकालय निर्माण गरेनौँ, पुस्तकालयमा त हामीले आगो पनि लगायौं, न त त्यसका लागि आफ्नो श्रमको आर्जनबाट चारपैसा चन्दा सहयोग दियौँ । हामीले त धर्म संरक्षण स्थापनाका नाउँमा, कला संस्कृति सर्म्बर्धनका नाउँमा पुरानाका थलामा नयाँ मन्दिर निर्माण गर्दै गयौँ । त्यसैका माध्यमबाट हामी कतिले आफ्नो नाम र यसको महìवाकाङ्क्षा र कतिले त धनको महìवाकाङ्क्षीको तृप्ति पनि गर्‍यौँ । हामीले यसरी आफ्ना देशलाई \"मन्दिरै मन्दिरको देश\" हुने गौरव दिलायौँ ।

Enter supporting content here

VALLEY OF HIMALAYAN PARADISE & A PIECE OF HEAVEN- NEPAL & ITS NATIONALS